२०७८ साल मंसिर ११ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन

रेडियो नेपाल २०७७ पुष ८ गते १५:३१

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन आज उद्घाटन गर्नुभएको छ ।

विसं २०७५ असोज २४ गते शिलान्यास भई रु ७३ करोड ६९ लाख ३५ हजारमा ठेक्का सम्झौता भई निर्माण सम्पन्न सो भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय आयोजनाअन्तर्गत बनाइएको हो । समारोहमा सरकारी वकिलको तीनदिने तेस्रो राष्ट्रिय सम्मेलनको पनि उद्घाटन गरियो ।रासस

सम्बन्धित