तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड वितरण

पाल्पा । पाल्पाको माथागढी गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत छात्राहरूको लागि महिनावारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याड वितरण कार्यक्रम सुरु गरेको छ ।
गाउँपालिकाको आर्थिक सहयोगमा शिक्षा तर्फको कार्यक्रम अन्तर्गत यो कार्यक्रमको सुरुवात गरिएको हो । माथागढी गाउँपालिका वार्ड नं ४ को रत्न माध्यमिक विद्यालयबाट वितरण कार्यक्रम सुरु भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाको उपाध्यक्ष तथा सेनेटरी प्याड वितरण अनुगमन समितिको संयोजक निर्मला भट्टराईले रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक निरबहादुर सारुलाई सेनेटरी प्याड हस्तान्तरण गर्दै गाउँपालिकाले विद्यालयका छात्राहरू महिनावारीकै कारणले पढाइ छोड्न नपरोस् भनेर कार्यक्रम ल्याएको बताउनुभयो ।
स्वास्थ्य शाखाका संयोजक केशव जि सीले महिनावारीको बेला छात्राहरूलाई सरसफाइको झनै आवश्यकता पर्ने भएकाले र स्वास्थ्य समस्या कम गर्न यसले सहयोग गर्ने बताउनुभयो ।
गाउँपालिका अन्तर्गतका दिव्य ज्योति मा.वि. सराई,  कर्णधार मा.वि., रुप्से, विक्रम आधारभूत विद्यालय सिकारकोटमा सेनेटरी प्याड पुर्‍याइएको  छ ।
गाउँपालिका अन्तर्गतका १४ वटा सामुदायिक विद्यालयहरूमा अध्ययन गर्ने १३ सय ३५ छात्राहरूले यो सुविधा प्राप्त गर्ने भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button