तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से २ हजार ६१ दशमलव ४१ अंकमा

काठमाडौं । देशमा राजनीतिक घटनाक्रम तातिरहेका बेला नेपाली सेयर बजारको कारेबार भने मंगलबार उच्च अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ९५ दशमलव ४६ अंकले बढेर २ हजार ६१ दशमलव ४१ अंकमा पुगेको छ ।

संसद विघटन भएसँगै देशमा देखिएको राजनीतिक घटनाले सेयर बजारमा नकरात्मक असर पर्ने कतिपयको अनुमान विपरीत बजारले सकारात्मक दिशा तय गरेको छ ।

मंगलबार दिनभरमा बजारमा २०५ कम्पनीका ५५ हजार ७ सय १ कारोबारबाट १ करोड २७ लाख १७ हजार १ सय ४६ कित्ता सेयरहरु ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४ सय ३२ रुपैयाँमा किनबेच भएका छन् ।

मंगलबार सबैभन्दा धेरै कमाउनेमा शिखर इन्स्यारेन्स पहिलो नम्बरमा देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button