तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरीद्वारा लाखौंको हार्डवेयर सामग्री बरामद

बाँके । सशस्त्र प्रहरी बाँकेले नेपालगञ्जको सिमा नाकाबाट अवैध सामग्री बरामद गरेको छ ।

बिओपी कालाबञ्जारबाट सशस्त्र प्रहरी नायब निरीक्षक भिम कठायत नेतृत्वको टोलीले मंगलबार बिहान नेपालगञ्ज १५ पिप्रहवाबाट उक्त सामाग्री बरामद गरेको हो ।

भारतबाट ल्याउदै गरिएको अवैध हार्डवयरका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ । बरामद गरिएका १ लाख ८४ हजार रुपैयाको अवैध सामग्रीलाई नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button