तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाको प्रवक्तामा प्रदीप ज्ञवाली

file photo

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवक्तामा प्रदीप ज्ञवाली नियुक्त हुनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटिको बैठकले नारायणकाजी श्रेष्ठलाई हटाएर ज्ञवालीलाई नियुक्त गरेको हो ।

उहा परराष्ट्रमन्त्री समेत रहनु भएको छ । पार्टीको निर्णित मान्यता व्यक्त गर्न नसकेकोले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी बाट मुक्त गर्दै प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको प्रधानमन्त्रीका संचारविज्ञ रामशरण बजगाईँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button