तपाईँ सुन्दै हुनुहुन्छः

धादिङ अस्पतालमा सघन उपचार कक्ष आरम्भ

धादिङ । धादिङ अस्पतालले औपचारिक रुपमा आजदेखि भेन्टिलेटरसहित सघन उपचार कक्ष सेवाको आरम्भ गरेको छ । कोरोना भाइरस महामारीपछि अस्पतालमा सो सेवा शुरुआत गर्ने वाग्मती प्रदेशमा धादिङ तेस्रो बनेको छ ।

यसअघि भक्तपुर र मकवानपुरमा भेन्टिलेटरसहितको सघन उपचार कक्ष भएको अस्पतालको शुरु भइसकेका छन् । अस्पतालमा १० शयको सघन उपचार कक्ष र दुई थान भेन्टिलेटर सेवा रहेको छ ।

प्रदेश सरकारले आफूले स्वास्थ्यकर्मीसमेत नभएका अवस्थामा जिम्मा लिएको जिल्ला अस्पताल अब सघन उपचार र भेन्टिलेटर भएको कक्ष भएका अवस्थामा पुर्याइएको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताउनुभयो ।

मन्त्री दुलालले अस्पतालको क्षमता बढाउन औजार, उपकरण सहयोग गरी ख वर्गको एम्बुलेन्स सेवा उपलब्ध गराइने आश्वासन दिँदै अस्पतालमा निकट भविष्यमा डायलायसिस सेवा र मुटु रोगको प्रारम्भिक उपचार सेवा शुरु गर्न सरकारले सघाउने र प्रदेशस्तरको अस्पतालमा बहुविषय सेवा उपलब्ध गराउन लागिपरेको जानकारी दिनुभयो ।

रिफर गर्ने अस्पतालका रुपमा चिनिएको अस्पतालले सरकारले तोकेको सेवा उपलब्ध गराउन लागेको र सेवा क्षेत्रलाई विस्तार गर्दै लाने सरोकार पक्षले बताउनुभयो ।

कार्यक्रममा अस्पतालले दिएको सेवाका बारेमा मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले प्रस्तुति दिनुभएको थियो । अस्पतालका अध्यक्ष महेन्द्र धमलाका अध्यक्षतामा सम्पन्न उद्घाटन अवसरमा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको र भेन्टिलेटर कक्षसहितको सघन उपचार कक्षहरुको अवलोकन गरिएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button