तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिकूलताका बाबजुद तीन वर्षमा उल्लेख्य उपलब्धि : प्रधानमन्त्री ओली 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैबाट घेराबन्दी र असहयोगका कारण प्रतिनिधिसभा विघटन गरी जनताको बीचमा जानु परेको बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै पार्टीभित्रैबाट सरकारविरुद्ध सधैँ असहयोग, षडयन्त्र र आफ्नो भाग मात्र खोज्ने नेताहरूको चरित्रका कारण वर्तमान परिस्थिति सिर्जना भएको बताउनुभयो ।
प्रतिनिधिसभा विघटन आफ्नो रोजाइ नभएको प्रष्ट गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनभावना अनुसार अघि बढ्नै नसक्ने अवस्थाको अन्त्य गर्न नयाँ जनादेशका लागि सार्वभौम जनता सामु जाने निर्णय लिनु परेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले घटनाक्रम अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि वर्तमान परिस्थिति लामो समयदेखि राष्ट्रिय राजनीति र मूलतः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही नेताहरूका असङ्गत, विकृत र जनअपेक्षा विपरीतका गतिविधिका कारण सिर्जना भएको बताउनुभयो ।
उहाँले आफ्नो राजनीतिक चरित्र हत्या गर्ने गरी लाञ्छना लगाउने र अपमानित गर्नेदेखि संविधान विपरीत पार्टी, प्रणाली र पद्धतिमाथि गम्भीर आघात पुर्‍याएकाले पार्टीभित्रको अवस्था निकै गम्भीर र सङ्कटपूर्ण बन्न पुगेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले थुप्रै प्रतिकूलताका बाबजुद पनि नेपालले गएको तीन वर्षमा उल्लेख्य उपलब्धि हासिल गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले निर्वाचनको मिति घोषणा भइसकेकाले अब विगतका सबै तिता–पिरा कुराहरू बिर्सेर एकताबद्ध भई निर्वाचनमा सहभागी हुन पनि आग्रह गर्नुभयो ।
सम्बन्धित समाचार:

प्रतिक्रिया राख्नुहोस्

Back to top button