२०७८ साल मंसिर ११ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

सेती करिडोरमा सुख्खा पहिरो, स्थानीय त्रसित

रामप्रसाद तिमिल्सेना २०७७ पुष ६ गते १६:५३

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ स्थित अमिल तहरा भन्ने स्थानमा आज बिहान ९ः३० बजे सुख्खा पहिरो खसेको छ ।

करिब १ सय ५० मिटर माथिबाट खसेको पहिरोका कारण स्थानीय वेदप्रसाद गुरुङ, सुनिता  परियार र ऋषि ढकालको परिवार विस्थापित भएको छ ।

सुक्खा पहिरोबाट स्थानीय वेदप्रसाद लुईटेलको बाथरुम र शौचालय १५० मिटर तल खसेको भएपनि पहिरोबाट कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

२०७२ सालमा गएको भूकम्पपछि चर्किएको भू–भाग खसेको स्थानीय नरेन्द्र गुरुङले बताउनुभयो ।

सम्बन्धित