तपाईँ सुन्दै हुनुहुन्छः

चुनावले नै पार्टीलाई एकताबद्ध गर्ने भएकोले मिलेर चुनावमा जान प्रचण्डलाई प्रधानमन्त्रीको आग्रह

काठमाण्डौ । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध राखदै चुनावमा मिलेर जान अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभा विघटनपछि आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा केही स्थायी समिति सदस्यहरुसहित भएको दुई अध्यक्षबीचको छलफलमा प्रधानमन्त्री ओलीले चुनावले नै पार्टीलाई भावनात्मक रुपमा एकताबद्ध गर्ने भएकोले मिलेर चुनावमा जान अर्का अध्यक्ष प्रचण्डलाई प्रस्ताव गर्नुभएको हो ।

छलफलमा सहभागी एक स्थायी समिति सदस्यले दुई अध्यक्षबीचको छलफलबारे जानकारी गराउदै भन्नुभयो, ‘अघिल्लो चुनावले नै तात्कालिन नेकपा एमाले र नेकपा माओबादी केन्द्रलाई एक बनाएको हो । चुनाव पछि दुई पार्टी एक भएर नेकपा बनेको हो । यसबीचमा हाम्रो सम्बन्ध भावनात्मक बन्न सकेन । अब ताजा जनादेशमा मिलेर जाऔ ।

चुनाव जितेर आउँ । अब हुने चुनावले पार्टीलाई एकताबद्ध बनाउन पनि सहयोग गर्छ । चुनावमा सँगै मिलेर जादा भावनात्मक एकता पनि बलियो हुन्छ ।’प्रधानमन्त्रीले हार्दिकतापूर्वक त्यस्तो प्रस्ताव गरिरहँदा प्रचण्ड भने मौन बस्नु भएको ती नेताले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button