२०७८ साल मंसिर २२ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

पार्टी एकताबद्ध छ :प्रचण्ड

 तुलसी सापकोटा २०७७ पुष ६ गते ११:५७

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन लगायत पछिल्लो राजनीतिक घटनाक्रमका बावजुद पनि पार्टी एकताबद्ध रहेको स्पष्ट पार्नु भएको छ ।

आज एक विज्ञप्ती जारी गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको त्याग, बलिदान र संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको आवश्यकता रहेको र यसको रक्षाका लागि सवैलाई एकताबद्ध हुन आग्रह गर्नु भएको छ ।

अध्यक्ष प्रचण्डले राष्ट्रको समृद्धि र नेपाल कम्युनिष्ट आन्दोलनको भविष्यका लागि सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन पनि पार्टीका नेता कार्यकर्तालाई अनुरोध समेत गर्नु भएको छ ।

सम्बन्धित