२०७८ साल मंसिर २२ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

सरकारलाई काम गर्न बाटो रोकिएकोले देशलाई जोगाउन संसद् विघटन गर्नु स्वाभाविक

पुष्करराज बुढाथोकी २०७७ पुष ५ गते १९:१७

फाइल फोटो

भक्तपुर । नेपाल मजदुर किसान पार्टी का अध्यक्ष नारायणमान बिजुक्छेले सरकारलाई काम गर्न बाटो रोकिएकोले देशलाई जोगाउन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्नु स्वाभाविक रहेको बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि  प्रतिक्रिया दिँदै उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादले अहिलेको परिस्थिति सिर्जना भएको बताउनुभयो ।
केपी शर्मा ओली सरकारलाई काम गर्न बाटो रोकिएकोले देशलाई जोगाउन संसद् विघटन गरेर नयाँ निर्वाचनमा जानु स्वाभाविक रहेको बिजुक्छेले बताउनुभयो ।
संसद् विघटनको घोषणा गरेर निर्वाचनको मिति जारी गर्नुलाई आफूले स्वाभाविक प्रक्रियाको रुपमा लिएको उहाँको भनाइ थियो ।
अध्यक्ष  बिजुक्छेले देशमा जसरी पहिला संसदहरु विघटन भए  यसलाई पनि यही प्रक्रियाको निरन्तरताको रुपमा लिएको बिजुक्छेले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले चालेको नयाँ कदम  औचित्ययता पूर्ण छ छैन, कानुनले मिल्छ मिल्दैन भन्ने कुरा पछि अदालतले हेर्नुपर्ने बताउनुभयो ।
उहाँले भारतकै इशारामा विरोधीहरूले ओलीलाई काम गर्न नदिएको भन्दै ओली अन्तिमसम्म लड्ने विश्वास व्यक्त गर्नुभयो ।
पार्टीमा दुई अध्यक्ष प्रणालीका कारण पनि यो अवस्था आएको भन्दै उनले एउटै मेचलाई दुवै तिर तान्न लगाएपछि मेच भाँच्नु स्वाभाविक भएको बताउनुभयो ।

सम्बन्धित