तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना

पोखरा । विषादीरहित खाद्यवस्तु प्रत्येक उपभोक्ताको भान्छामा पुर्याउने लक्ष्यका साथ पोखरामा राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना गरिएको छ ।

‘पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित बैंकले पहिलो चरणमा मुलुकका सातवटै प्रदेशमा कार्यालय स्थापना गरी काम थाल्ने भएको हो ।

उत्पादन वृद्धिका लागि जथाभावी प्रयोग गरिने विषादीका कारण मानव स्वास्थ्यमा पारेको असरलाई ध्यानमा राखी उत्पादन, भण्डारण र बिक्री वितरणसँगै अनुसन्धानका काममा जोड दिइने बैंकका कार्यकारी अध्यक्ष शङ्करनाथ उप्रेतीले जानकारी दिनुभयो ।

सरकारी बाँझो जग्गा, सामुदायिक वनका खाली जग्गा, गुठी तथा खोलाको छेउका बगर, नेपाल विद्युत् प्राधिकरणको लाइनमुनिका तथा विभिन्न सङ्घसंस्था, व्यक्तिका जग्गा भाडामा लिएर आवश्यकता अनुसारका खाद्यवस्तु उत्पादन गरिने अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

एक सय ५० जनाको दुई अर्ब बराबरको शेयर राखेर स्थापना गरिएको बैंकको शेयर सदस्य बन्न आह्वान गर्दै सातवटै प्रदेशमा कार्यालय स्थापना गरिने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button