तपाईँ सुन्दै हुनुहुन्छः

बारा प्रहरीद्वारा फरार आठ प्रतिवादी पक्राउ

बारा । सार्वजनिक अपराध तथा जालसाझी मुुदाका फरार आठ जना  प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

बारा जिल्ला अदालतको फैसलाले सार्वजनिक अपराध तथा जालसाझी मुद्दामा जरिवाना ठहर भई फरार रहेकालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं.१ बस्ने वर्ष ५५ का महादेव माझी, वर्ष ३० का सन्तोष माझी, वर्ष २३ का गुन्ज माझी, वर्ष २७ का मनु माझी, वर्ष २५ का भनु माझी, वर्ष ३५ को बेल्दार माझी, वर्ष ६८ को चन्चन साह कानु र वर्ष ६९ को नथुनी साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ परेकालाई बारा जिल्ला अदालतमा पेश गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button