तपाईँ सुन्दै हुनुहुन्छः

जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रुपन्देही । रुपन्देहीको सैनामैनामा बोलेरो जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुटवलबाट पश्चिम जाँँदै गरेको लु १ च ७१३८ नं.को बोलेरोले लु ३२ प ६१२१ नं. को मोटरसाइकललाई रुपन्देही सैनामैनामा ठक्कर दिँदा अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ५ का पुष्कर पन्थीको निधन भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

ठक्करबाट घाइते पन्थीको उपचारका क्रममा मृत्यु भएको र ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो । मृतक पन्थीका एक श्रीमती र दुई छोराछोरी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button