२०७८ साल मंसिर १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

कुखुरा फार्ममा आगलागी, ३ लाख ५० हजार बढीको क्षति

उत्सव आचार्य २०७७ पुष ५ गते १६:४०

सप्तरी । सप्तरीको एक कुखुरा फार्ममा शनिबार राती आगलागी हुँदा तीन लाख पचास हजार भन्दा बढीको क्षति भएको छ ।

अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ का महम्मद इसरिलको फार्ममा आगलागी हुँदा कुखुरासहित विभिन्न सामानहरु जलेर नष्ट भएको हो ।

राती करिब १ बजेतिर भएको आगलागीमा ३ सय ५० वटा कुखुरा, २० बोरा दाना, हिटर २ थानका साथै एउटा घर पूर्ण रुपले जलेर नष्ट भएको पीडितले बताएका छन् ।

आगो स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिएको उनले बताए । फार्ममा कसरी आगलागी भयो भन्नेबारे अनुसान्धन भइरहेको प्रहरी चौकी पकरीले जनाएको छ । प्रहरीले विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने आशंका गरेको छ । आगलागीमा ३ लाख ५० हजार भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।

सम्बन्धित