तपाईँ सुन्दै हुनुहुन्छः

बिर्तामोडमा महिलाको शव भेटियो : हत्या भएको आशङ्का

भद्रपुर, झापा । झापाको बिर्तामोड–२ स्थित चैतुबारीमा महिलाको शव फेला परेको छ । स्थानीय दुर्बल राजवंशीकी श्रीमती अन्दाजी ४२ बर्षीया विनोसरी राजवंशीको शव आज बिहान खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अनुहारमा चोटपटक लागेको र कपडाहरू च्यातिएको अवस्थामा शव भेटिएको प्रहरीको भनाइ छ । राति श्रीमानलाई खाना पुर्‍याउन हिँडेकी राजवंशी घर नपुगेपछि रातभर खोजी गरिएको र आज बिहान शव फेला परेको हो ।
बलात्कारपछि हत्या गरेको हुन सक्ने आशङ्का गरिएको छ । महिलाले प्रयोग गर्दै आएको सलले घाँटीसमेत बाँधिएको स्थानीयवासीले बताएका छन् । बिर्तामोडका डिएसपी मुकुन्द रिजालले थप अनुसन्धानका लागि धरानबाट कुकुर मगाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button