तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोडभन्दा बढी

फाइल तस्बिर

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या आइतबारसम्म एक करोड भन्दा बढी भएको छ ।

विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ६२४ नयाँ संक्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या १ करोड ३१ लाख पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण ३४१ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४५ हजार ४७७ जना पुगेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा १ हजार १३९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको र ३२ जनाको संक्रमणको कारण मृत्यु भएको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा ९५ लाख ८० हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा तीन लाख ५ हजार ३४४ सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १६ करोड ११ लाख ९८ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताउनु भएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button