तपाईँ सुन्दै हुनुहुन्छः

संसद् विघटनका लागि सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । मन्त्रीपरिषद्को बैठकले सङ्घीय संसद विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सङ्घीय संसद् विघटनको लागि सिफारिस गर्ने  निर्णय गरेको हो ।

नेकपाका नेता जनार्दन शर्मालगायतका सांसदहरुले राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको सूचना प्राप्त गरेसँगै प्रधानमन्त्री ओलीले सङ्घीय संसद् विघटनको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको बुझिएको छ ।  ।

नेकपा भित्र देखिएको विवाद उत्कर्षमा पुगिरहेका बेला सरकारले संसद विघटन गर्ने निर्णय गरेको हो । सरकारको निर्णय लिएर प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगिसक्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button