तपाईँ सुन्दै हुनुहुन्छः

अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेटमा भारतको हार

काठमाडौं । अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेटमा भारतले फराकिलो विकेटको हार बेहोरेको छ ।

शनिबार भारत अष्ट्रेलियासँग पहिलो टेष्ट खेलमा ८ विकेटले पराजित भएसंगै चार टेष्ट खेलको सिरिजमा घरेलु टोली अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

जितका लागि पाएको ९० रनको सामान्य लक्ष्य अष्ट्रेलियाले २१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

दोस्रो टेष्ट २६ डिसेम्बर देखि मेलबर्न क्रिकेट मैदानमा सुरु हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button