तपाईँ सुन्दै हुनुहुन्छः

‘टिम आबूधाबीले दिएको नयाँ भूमिकाबाट उत्साहित’

file photo

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले टि टेन लिगमा टिम आबूधाबीले आफूलाई दिएको नयाँ भूमिकाले उत्साहित रहेको बताएका छन् ।

पूर्व कप्तान पारसले सामाजिक सञ्जालमा खुसी व्यक्त गदैं टिम आबूधाबीले आफूलाई इमर्जिङ ट्यालेन्ट मेन्टरका रुपमा दिएको जिम्मेवारीले थप उत्साह मिलेको उल्लेख गरेका हुन ।

नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा वृद्धि हुने माध्यम बन्नेमा आशा रहेको भन्दै पारसले टिम आबूधाबीमा नेपाली क्रिकेट खेलाडीहरुलाई थप अवसर मिल्ने अपेक्षा रहेको बताएका छन् ।

टि टेन लिग आगामी जनवरी २८ देखि फेब्रुअरी ६ सम्म चल्ने छ ।

टीटेन क्रिकेट टीम आबुधाबीले सामाजिक सञ्जालमा सार्वजनिक गर्दै पारसलाई इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त गरेको जनाएको छ ।

गत संस्करणमा पारसले टी टेन लिगमा आबुधाबीबाट प्रतिनिधित्व गदैं ३ खेल खेलेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button