तपाईँ सुन्दै हुनुहुन्छः

झापाको दुहागढीमा बृहत स्वास्थ्य शिविर सम्पन्न

झापा । कोरोना संक्रमणको त्रासका कारण अन्य रोगको उपचार गराउन समस्या परिरहेको बेला झापाको दुहागढीमा बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

सबै क्षेत्र विस्तारै खुकुलो बन्दै गएको परिप्रेक्ष्यमा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै मेचनिगर नगरपालिका वडा नं १४ ले आयोजना गरेको स्वास्थ्य शिविरमा सेवाग्राहीको उल्लेख्य उपस्थिति थियो ।

मानव शरीरका महत्वपूर्ण अङ्गहरुको परीक्षण र उपचारका लागि सञ्चालन गरिएको शिविरमा मेचीनगर, छिमेकी भद्रपुर र विर्तामोड नगरपालिका समेतका ९७२ जनाले निःशुल्क रुपमा मुटु, मिर्गाैला, फोक्सो, मधुमेह र उच्च रक्तचापको जाँच गराएको र निःशुल्क रुपमा औषधि प्राप्त गरेको वडाध्यक्ष शंकरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

केएचडीसी नेपाल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा तीन सातासम्म सञ्चालित शिविर शुक्रबार समापन भएको हो ।

शिविरमा वरिष्ठ मुटु तथा मृगौला रोग विशेषज्ञ प्रा.डा. सञ्जीव कुमार शर्माको नेतृत्वमा एक दर्जन बढी चिकित्सकहरुले सेवा प्रदान गरेका थिए भने स्थानीय स्वास्थ्यकर्मी, सहयोगी र रेडक्रसका स्वयमसेवकहरुले सहयोग गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button