तपाईँ सुन्दै हुनुहुन्छः

गढी गाउँपालिकाको आफ्नै भवन बन्दै

सुनसरी । सुनसरीको गढी गाउँपालिकाको आफ्नै सुविधा सम्पन्न भवन बन्ने भएको छ ।

साबिकको औरावनी गाविस भवनमा पालिकाको कार्यालय सञ्चालन हुदै आएकोमा अब आफ्नै भवन बन्ने भएको हो ।

बहुवर्षीय योजना अन्तरगत आर्थिक वर्ष २०७६।०७७ मा पालिकाको सुविधा सम्पन्न कार्यालय भवन निर्माणका लागि ६ करोड रुपियाँमा ठेक्का लगाएको र लागत अनुसारको काम धमाधम भईरहेको छ ।

तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको तुलसी भक्त विल्र्डसले समयभित्रै निर्माण सम्पन्न गर्ने जनाएको छ ।

गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले तीन तल्ले भवनमा निर्माण ठेक्का पाएका ठेक्केदारले पहिलो तल्लासम्मको काम सम्पन्न गरेपछि कार्यालयको काम आफ्नै भवनमा सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button