२०७८ साल मंसिर १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

टेनिस खेलाडीका परिवारलाई रु १२ लाख ८० हजार सहयोग

रेडियो नेपाल २०७७ पुष ४ गते १०:०४

कास्की। कास्की जिल्ला टेनिस सङ्घले टेनिस खेलाडी स्व सुरज नगरकोटीका परिवारलाई रु १२ लाख ८० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

नेपाल टेनिस सङ्घका केन्द्रीय उपाध्यक्ष एवं जिल्ला टेनिस सङ्घका निवर्तमान अध्यक्ष विनोद कायस्थले आज पोखरामा आयोजित कार्यक्रममा सो सहयोग रकम नगरकोटीका श्रीमती बबितालाई हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकममध्ये रु आठ लाख स्व नगरकोटीका दुई वर्षीया छोरी शाकुराको अध्ययनलगायत अन्य खर्चका लागि बालिकाको नाममा बैंकको मुद्धति खातामा राखिएको छ ।

बाँकी रु एक लाख ५० हजार श्रीमती र रु एक लाख ५० हजार बुबा÷आमा तथा बाँकी रकम किरिया खर्चका लागि प्रदान गरिएको सङ्घका कोषाध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो । सङ्घका केन्द्रीय उपाध्यक्ष कायस्थले परिश्रमी र गौरव गर्न लायक खेलाडी गुमाउँदा दुःख लागेको बताउँदै स्व नगरकोटीको छोरीलाई निःशुल्क अध्ययन अध्यापन गर्न सङ्घले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानकोट घर भएका स्व नगरकोटी पाँच वर्ष अघिदेखि पोखरामा रहेर टेनिस खेल तथा प्रशिक्षणमा आबद्ध हुनुहुन्थ्यो । गत असोज २२ गते फेवातालमा पौडी खेल्ने क्रममा डुबेर नगरकोटीको निधन भएको थियो ।रासस

सम्बन्धित