२०७८ साल मंसिर ११ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन हुने

भुवनप्रसाद आचार्य २०७७ पुष ३ गते १८:५२

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले प्रत्येक प्रदेशका पांँचवटा पालिकास्तरमा समूहमा १६ देखि ४० वर्षसम्मका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कार्यक्रम सञ्चालनका लागि परिषद्ले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडसँग सहकार्य गर्ने भएको छ । कार्यक्रम सञ्चालनका लागि राष्ट्रिय युवा परिषद् र राष्ट्रिय वाणिज्य बैंक बीच शूक्रवार सम्झौता भएको छ ।

सम्झौतापत्रमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता बमोजिम राष्ट्रिय युवा परिषद्ले प्रत्येक प्रदेशका पांँचवटा पालिकास्तरमा जम्मा ३५ समूहमा १६ देखि ४० वर्षसम्मका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ ।

तीनै उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने सम्झौतामा उल्लेख छ ।

कार्यक्रममा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले तालिमले युवालाई व्यवसाय र सीप विकासको ज्ञान दिने हुँदा बैंकको कर्जा दुरुपयोग नहुने जोखिम घट्ने बताउनुभयो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापछि लाखौ युवाहरु उत्पादनसँग जोडिई स्वरोजगार बन्ने अपेक्षा गर्नुभयो ।

सम्बन्धित