तपाईँ सुन्दै हुनुहुन्छः

बढ्दो चिसोका कारण वृद्ध र बालबालिका प्रभावित

कञ्चनपुर । कञ्चनपुर लगाएत पश्चिम तराईका जिल्लाहरु विगत एक हप्तादेखि चिसो बढेको छ । आज बिहानीपख बाक्लो हुस्सु कुहिरो लागेको छ । कुहिरो लागेपछि जनजिवन प्रभावित भएको छ । सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धाहरुलाई यो चिसोमा समस्या भएको छ ।

चिसो बढेपछि घरमा साँझ बिहानको काम गर्न साह्रै अप्ठ्यारो भएको स्थानीयले बताएका छन् । अत्यधिक चिसो बढेपछि वृद्धवृद्धा तथा बालबालिकालाई चिसोले बढी समस्या परेको छ । चिसोका कारण बजारमा आवतजावत समेत पातलिएको छ । चोकचोकमा आगो बालेर मानिसहरू बस्न थालेका छन् ।

चिसोले अस्पतालमा समेत बिरामीको चाप बढेको छ । निमोनिया, दम तथा फोक्सोमा संक्रमण भएका बिरामीको संख्या बढ्न थालेको महाकाली अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button