तपाईँ सुन्दै हुनुहुन्छः

सप्ताहव्यापी विवाहपञ्चमी अन्तर्गत मटकोर विधि सम्पन्न

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज मटकोर विधि सम्पन्न भएको छ ।

त्रेता यूगमा तत्कालिन मिथिलाका राजा जनकको प्रतिज्ञा अनुसार भगवान शिवको धनुषमा प्रत्यञ्चा अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र मर्यादा पुरुषेत्तम भगवान रामले प्रत्यञ्चा चढाउदा तीन टुकडा भएपछि माता सीतासँग विवाह भएको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी भन्दा एक दिन अगाडी मटकोर विधि सम्पन्न गर्ने चलन रहेको छ ।

जानकी मंन्दिरबाट बाजागाजासहित माता सीताको प्रतिकात्मक स्वरुपलाई रथमा राखेर जनकपुरधामको गंगासागरमा लगेर माटो खन्ने चलन रहेको जसलाई मटकोर विधि भन्ने गरिन्छ । सयौं मिथिलानीहरु भजन कीर्तन तथा गितसहित मटकोरका लागि गंगासार पुगेका थिए ।

गंगासागरबाट खनेर ल्याईएको माटोबाट जानकी मन्दिर परिसरमा वैवाहिक कार्यक्रमका लागि तयार गरिने विवाहमण्डपको वेदीमा प्रयोग गर्ने चलन रहेको छ । मटकोरका लागि जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, उत्तराधिकारी रामरोशन दास वैष्णव सहित साधुसन्त तथा महन्थहरु तथा ठूलो संख्याका भक्तहरु सहभागि हुनुहुन्थ्यो ।

सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत भोली मंसीर शुक्लपक्ष पञ्चमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान राम तथा माता सीताका बीचमा प्रतिकात्मक वैवाहिक कार्यक्रम जानकी मन्दिर परिसरमा हुने कार्यक्रम रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिनुभयो ।

सप्ताहव्यापी विवाहपञ्चमी अन्तरगत पर्सी आइतबार ५ गते रामकलेवापछि पर्वको समापन गर्ने चलन रहेको छ । यस अघि पुस २९ गते नगर दर्शन, ३० गते फूलबारी लिला, पुस १ गते धनुषयज्ञ, २ गते तिलकोत्सव, ३ गते आज मटकोर विधि सम्पन्न भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button