तपाईँ सुन्दै हुनुहुन्छः

व्यक्तिले प्रधानमन्त्रीको राजीनामा माग्ने विषय वस्तुगत होइन : देव गुरुङ्ग

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं संघीय संसदका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले कुनै व्यक्तिले प्रधानमन्त्रीको राजीनामा माग्ने विषय वस्तुगत नभएको बताउनुभएको छ ।

पार्टीले निर्णय गरेर संसदीय दलमार्फत प्रधानमन्त्री चयन गर्ने प्रक्रिया भएकाले यसलाई बहसमा ल्याउनु कसैका लागि राम्रो नहुने उहाँको भनाइ थियो । बुटवलमा आयोजित सर्वदलीय सर्वपक्षीय कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै नेता कार्यकर्तालाई आफ्नो अनुशासनमा रहेर प्रतिक्रिया दिन आग्रह गर्नुभयो ।

गुरुङले अहिले मुलुकमा राष्ट्रिय स्वाधिनतामाथि पनि गम्भीर प्रकारका समस्या पैदा भएको बताउनुभयो । उहाँले प्राप्त लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने चुनौती रहेकोले त्यसलाई सबैले सामना गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकमा देखा परेका समस्या समाधानका लागि जनता पनि एकताबद्ध भइ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयोे ।

पार्टीमा छलफल, बहस र अन्तरक्रिया चलिरहेको बताउँदै अहिले उठेका विषयवस्तुलाई नकारात्मकरुपमा नभई सकारात्मक रुपमा लिनुपर्नेमा उहाँको भनाइ थियो । कम्युनिष्ट पार्टीभित्र बहस र छलफल चलिरहने र लोकतान्त्रिक विधिबाट अगाडी बढे छिटो सकारात्मक परिणाम लिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button