तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालय अछामद्वारा सेवाग्राहीलाई कम्मल वितरण

अछाम । जिल्ला प्रशासन कार्यालय अछामले चिसो समय सुरु भएसँगै न्यानो लुगा वितरण अभियानको सुरुवात गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा सरकारी तथा गैरसरकारी निकायबाट प्राप्त सामाग्री जिल्लाका गरिब, बिपन्न, असहाय नागरिकलाई वितरण गरिने प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनु भयो ।

अभियानको सुरुवातसगै जिल्ला कारागारका कैदीहरुको लागि १ रोल म्याट र एउटा त्रिपाल, जिल्ला प्रहरी कार्यालयका थुनुवाहरुको लागि १ रोल म्याट र एउटा त्रिपाल र सेवा लिन आएका सेवाग्राही तुर्माखाँदका ६७ वर्षीय काला बुढालाई १ थान न्यानो कम्मल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउन भयो ।

रामारोशन गाउँपालिकामा विभिन्न वडाका ४९ जनालाई न्यानो कपडा, थाल, कचौरासहित ९ किसिमका सामग्रीहरु भएको राहत किट समेत आजै वितरण गरिएको छ । स्थानिय सरकारको सिफारिसको आधारमा सेवाग्राहीलाई कम्मल वितरण अभियानको थालनी भएकाले तत्काल ४ सय थान कम्मल वितरण गरिने प्रजिअ उपाध्यायले जानकारी दिनुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button