तपाईँ सुन्दै हुनुहुन्छः

सप्ताहव्यापी विवाहपञ्चमीको तिलकोत्सव पर्व आज मनाईदै

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव पर्व मनाईदैछ ।

आज भगवान रामको तिलक गर्नका लागि जानकी मंन्दिरका महन्थ रामतपेश्वर दासको अगुवाईमा जनकपुधामका साधुसन्त, महन्थ, योगी, सन्यासी, प्रशासनिक निकायका प्रतिनिधि तथा राजनीतिक दलका पदाधिकारीहरु कोसेली सहित जनकपुरधामको राममंन्दिरमा पुगेर भगवान रामलाई तिलक गर्ने चलन रहेको छ ।

भगवान रामको तिलक गर्नका लागि तत्कालिन मिथिला नरेशको प्रतिनिधित्व एवं माता जानकीको पिताको रुपमा जानकी मंन्दिरका महन्थ रामतपेश्वर दासले गर्नु हुन्छ भने भगवान रामको पिता अर्थात अयोध्याका राजा दशरथको भूमिकामा राममंन्दिरका महन्थ राम गिरीले गर्ने चलन रहेको छ ।

तिलक पछि दुवै पक्षका बीचमा समधिलिन गर्ने चलन पनि रहेको छ । तिलकका लागि जानकी मंन्दिरवाट कोशेलीहरु पनि जाने गरेको छ भने भगवान रामको शस्त्रहरु पनि राममंन्दिरमा जाने गरेका छन् । यसका साथै अन्य प्रकारका मिष्ठान्न, फलफूल, पान, मखान सहितका सामाग्रीहरु जानकी मंन्दिरवाट राममंन्दिर जाने गरेको छ ।

जनकपुरधामको महावीर यूवा कमिटिको संयोजनमा राममंन्दिर परिसरमा हुने तिलकोत्सव कार्यक्रममा सहभागी भएकाहरुले विभिन्न प्रकारको हाँस परिहाँस तथा हस्सी ठट्टा गर्ने गरेका हुन्छ ।

विगतको वर्षहरुमा भारतको अयोध्यावाट आएका जन्तिहरु पनि तिलकोत्सवमा सहभागि हुने गरेका थिए । यस पटक कोरोना महामारीका कारणले भारतको अयोध्यावाट कुनै पनि साधुसन्त वा महन्थहरु जनकपुरधाम आउनु भएको छैन ।

खास गरेर कोरोनाका कारणले नेपाल भारतको सीमा नाका बन्द भएका कारणले यस पटक भिडभाड पनि रहेको छैन भने विवाहपञ्चमी महोत्वसको खासै तयारी नगरेपनि परम्परालाई निरन्तरता दिने काम मात्र भएको जानकी मंन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिनु भएको छ ।

सप्ताहव्यापी विवाहपञ्चमी अन्तर्गत यस अघि नगरदर्शन, फूलवारी लिला, धनुषयज्ञ सम्पन्न भएको छ भो आज तिलकोत्सव पुस ३ गते मटकोर, ४ गते मुख्य विधि विवाह उत्सव तथा ५ गते रामकलेवा गरेर पर्वको समापन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button