तपाईँ सुन्दै हुनुहुन्छः

निजगढ नगरपालिकामा नगरप्रमुखको कक्षमा तालाबन्दी

बारा । बाराको निजगढ नगरपालिकामा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको बिरोधमा नगरप्रमुखको कक्षमा तालाबन्दी गरिएको छ । नगरपालिकाको उपप्रमुुख लिलादेवी लामिछाने खनाल र नेकपा निकट निर्वाचित जनप्रतिनिधिहरुले नै नगरपालिकाका तर्फबाट सुचना निकालेको बिरोधमा तालाबन्दी गरेका हुन ।

कर्मचारी भर्ना गर्ने बारेमा अघिल्लो नगरपरिषदले निर्णय गरी सकेको भएपनि प्रमुख सुरेश कुमार खनालले कार्यपालिका बैठकबाट निर्णय नगराई सुचना निकालेको भन्दै तालाबन्दी गर्नु भएको हो ।

प्रमुखस्तरीय निर्णय भन्दै नगरपालिकाले गत मंसिर २९ गते दरखास्त आह्वान गरेको भएपनि भोलिपल्टनै २ अधिकृतको विज्ञापन रद्द गरेको हो । नगरपालिकाले करारमा २ अधिकृत स्तरकासहित ६ जना कर्मचारी भर्नाको लागि मंसिर २९ गते दरखास्त आह्वान गरेको थियो । निर्णय रद्ध गर्न माग गर्दै उपप्रमुख खनालले एक दिन अघि नै ज्ञापनपत्र दिएपनि बार्ताको वातावरण दुवै पक्षबाट नबनेपछि तालाबन्दी गरिएको उहाँले बताउनु भयो । यो सगैँ नगरको विवाद सतहमा आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button