२०७८ साल मंसिर ११ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

बंगलादेशमा विजय दिवस मनाइयो

रासस/सिन्ह्वा २०७७ पुष २ गते १४:४६

बंगलादेशले बुधबार आफ्नो ५० औं विजय दिवस मनाएको छ । यस अवसरमा बंगलादेशमा शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै विभिन्न सैनिक परेडलगायतका कार्यक्रमहरु सम्पन्न गरिएको थियो ।

बंगलादेशका राष्ट्रपति एमडी अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिना सो विदय उत्सव सम्बन्धी कार्यक्रममा सहभागी हुनुभएको थियो । बंगलादेशको राजधानी ढाकामा बुधबार विजय उत्सवका लागि विशेष कार्यक्रमहरुको आयोजना गरिएको बताइएको छ ।

सन् १९७१ मा भएको स्वतन्त्रतासम्बन्धी युद्धमा भएको विजयको स्मरण गर्दै बंगलादेशले डिसेम्बर १६ लाई विजय उत्सवका रुपमा मनाउने गर्दछ । बंगलादेशमा पनि पछिल्लो समयमा कोभिडको महामारी बढ्दै गएकोले यस वर्षको विजय उत्सव भने पहिले पहिलेका वर्षहरुमा जस्तो व्यापक रुपमा भने सम्पन्न गर्न नसकिएको बंगलादेशको राजधानी ढाकाबाट प्राप्त भएका समाचारहरुमा जनाइएको छ ।

सम्बन्धित