तपाईँ सुन्दै हुनुहुन्छः

आत्महत्या गर्न झुन्डिएकी महिलाको जीवन सशस्त्र प्रहरीले बचायो

बर्दिवास । महोत्तरीमा आत्महत्या गर्न झुन्डिएकी एक महिलाको जीवन सशस्त्र प्रहरीले बचाएको छ ।
जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्हीकी २५ वर्षीया नुरिया खातुनको जीवन सशस्त्र प्रहरीले जोगाएको हो ।
नुरियाका पति मझर अन्सारीले उनलाई दिनहुँ कुटपिट गरेर यातना दिदैं आएका थिए । यातना सहन नसकेर उनले मृत्यु रोजेकी थिइन् ।
बुधवार दिउँसो आफ्नै कोठाको पङ्खामा सल लगाएर झुन्डिएको अवस्थामा उनलाई प्रहरीले पासोबाट उतारेर बचाएको हो ।
नुरिया आत्महत्या गर्न लागेको खबर पाए लगत्तै बीओपी जलेश्वरका प्रमुख बिर्ख बहादुर शाहीको कमान्डमा गएको टोलीले कोठाको ढोका फोडेर उनलाई बचाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button