तपाईँ सुन्दै हुनुहुन्छः

१३ लाख २५ हजार मुल्यको २१० क्विन्टल प्याज बरामद

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रुपमा भारतबाट भित्र्याईएको ठूलो परिमाणमा रहेको प्याज बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ मिनाबजारबाट प्रहरीले १३ लाख २५ हजार १७० रुपैयाँ बराबरको २ सय १० क्विन्टल अर्थात २१ हजार केजी प्याज बरामद गरेको पर्सा प्रहरीले आज जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

बलिरामजी प्रसाद कलवारले वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ मिना बजार नजिकैको जग्गामा भण्डारण गरी राखेको ४ सय ३६ बोरा प्याज बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button