२०७८ साल मंसिर २२ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

विना इजाजतको ३१ लाख मुल्यको औषधीसहित ८ पक्राउ

ध्रुव अधिकारी २०७७ पुष १ गते १७:५९

वीरगञ्ज । भारतबाट विना इजाजत पर्साको ठोरी हुँदै चितवनको माडीबाट भरतपुरतर्फ लैजादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय माडीले ३१ लाख मुल्य बराबरको औषधी सहित ८ जनालाई पक्राउ गरेको छ ।

माडी नगरपालिका ९ स्थित सोमेश्वरबाट बिनाइजाजत २१ लाख १० हजार ५ सय ३२ रुपैयाँ मूल्य बराबरका विभिन्न किसिमका औषधिसहित ओसारपसारमा संलग्न ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा चितवनको कालिका नगरपालिका ४ बस्ने २८ वर्षीय राजकुमार महत्तो, माडी नगरपालिका ३ बघौडा बस्ने २२ वर्षीय बालकृष्ण महत्तो, सोही ठाउँ बस्ने २२ वर्षीय मिलन महत्तो, कालिका नगरपालिका ३ बस्ने ३१ वर्षीय हरिशरण चौधरी, मकवानपुर गढी गाउँपालिका ८ बस्ने २५ वर्षीय सुरज गौतम, सोही गाउँपालिका ३ बस्ने २३ वर्षीय प्रकाश दाहाल, मकवानपुर हेटौंडा उपमहानगरपालिका ५ बस्ने २५ वर्षीय उज्वल पोख्रेल र सोही उपमहानगरपालिका २३ बस्ने २३ वर्षीय विपिन सापकोटा छन् ।

ठोरीबाट माडीतर्फ जाँदै गरेको ना.४ ख ४४२५ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय माडी चितवनबाट खटिएको प्रहरीटोलीले चेकजाँच गर्ने क्रममा बसमा सवार राजकुमार महत्तोले बसको डिकीमा बोरामा राखी ल्याएको विभिन्न किसिमका औषधि फेला पारेको थियो ।

थप अनुसन्धानका क्रममा पक्राउ परेका बालकृष्ण महतो र मिलन महतोको घरबाट लुकाएर राखेको विभिन्न किसिमका औषधि समेत फेला परेपछि उनीहरुलाई समेत पक्राउ गरिएको इलाका प्रहरी कार्यालय माडी चितवनले जनाएको छ ।

सम्बन्धित