२०७८ साल मंसिर १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा थप १२ जनाका कोरोना संक्रमण पुष्टि

ध्रुव अधिकारी २०७७ पुष १ गते १७:३०

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसिआर परीक्षणको क्रममा पर्सा, बारा र सर्लाहीका गरी थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साको विभिन्न स्थानबाट संकलन गरि ल्याइएको ५४ जनाको स्वाबको नमुनालाई परीक्षण गर्दा पर्साका ९, बाराका २ र सर्लाही लालबन्दीका १ जना सहित थप १२ जनामा कोरोना संक्रमण भेटिएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिनुभयो ।

पर्सामा संक्रमण पुष्टि हुनेहरु सबै वीरगंजकै रहेका छन् । वीरगंज महानगरपालिका वडा नम्बर १२ मा ३८ र ६५ वर्षीया महिला सहित २२, ३२ र ४७ वर्षका पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै वीरगंज महानरपालिका वडा नम्बर ३ का एक जना ३७ वर्षीय पुरुष, वडा नम्बर ४ का एक जना ५९ वर्षीय पुरुष र वडा नम्बर १० का एक जना ३९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको कोभिड संयोजक डा.दासले बताउनुभयो । यसैगरी वडा नम्बर खुल्न नसकेको वीरगंजकै एक जना ७० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

उता बाराको निजगढ नगरपालिका वडा नम्बर ७ का ५० वर्षका एक जना पुरुष र ४७ वर्षीया एक जना महिला गरी २ जनामा संक्रमण पुष्टि भएको डा. दासले बताउनुभयो । संक्रमण पुष्टि हुनेहरुमा ३ महिला र ९ जना पुरुष रहेका छन् ।

उनीहरुको सिटी भ्यालु २३ देखि ३४ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. दासले जानकारी दिनुभयो ।

सम्बन्धित