तपाईँ सुन्दै हुनुहुन्छः

थप ७ सय ३६ जनामा कोरोना संक्रमण, ८ सय ४७ संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसैगरी आज थप ८ सय ४७ जना कोरोना संक्रमण मुक्त भएपछि हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ ।

आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल ९ हजार ७ सय ५७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म १ हजार ७ सय ४३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button