२०७८ साल मंसिर ११ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

गर्भवती महिलाको कोरोनाबाट मृत्यु

नवीन गिरी २०७७ पुष १ गते ९:०९
नेपालगञ्ज ।  बाँकेमा उपचाररत कञ्चनपुरकी कोरोना संक्रमित गर्भवती महिलाको गएराति मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराइरहेकी शुक्लाफाँटा १० की २६ वर्षीय गर्भवती महिलाको गएराति सवा १ बजे मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
उहाँ ३० हप्ताको गर्भवती हुनुहुन्थ्यो । यो सँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि गएका ७० जना करोना सङ्क्रमितको मृत्यु भएको छ ।

सम्बन्धित