२०७८ साल मंसिर १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

थप ९ सय ३६ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

बालिका मादेन २०७७ मंसिर ३० गते १७:०९

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आज १ हजार ९ सय ९६ जना निको भएका छन् ।

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तथ्याङ्क अनुसार हालसम्म संक्रमणमुक्त हुनेको दर ९५ दशमलव ३ प्रतिशत रहेको छ ।

यस्तै, आज थप ९ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार १ सय १७ वटा पिसिआर परिक्षण गर्दा ५ सय ८५ पुरुष र ३ सय ५१ महिलामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ ।

देशभर रहेका ९ हजार ८ सय ८१ जना संक्रिय संक्रमितमध्ये ६ हजार १ सय ३ जना होमआईसोलेसनमा रहेका छन् ।

यस्तै गम्भीर लक्षण देखिएका ३ सय २१ जनाको आइ.सी.यू र ४८ जनाको भेण्टिलेटरमा उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमणका कारण आज थप १४ जनको मृत्यु भएसँगै हालसम्म संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ७ सय ३० पुगेको छ ।

सम्बन्धित