तपाईँ सुन्दै हुनुहुन्छः

वडाध्यक्षद्वारा विद्यालयमा अक्षयकोष स्थापना

बैतडी । बैतडीको पाटन नगरपालिका वडा नं ९ का वडाध्यक्ष लोक बहादुर भण्डारीले वडाका ३ वटा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।

उहाँले वडाभित्र रहेका ज्ञानेश्वर माध्यामिक विद्यालय, सरस्वती आधारभुत विद्यालय र सिद्धेश्वर माध्यामिक विद्यालयमा २२ हजार बराबरको अक्षयकोष स्थापना गर्नुभएको हो ।

वडाध्यक्ष भण्डारीले ज्ञानेश्वर माध्यामिक विद्यालयको वार्षिकोत्सवका दिन २२ हजार रुपैयाँको चेक प्रधानाध्यापक तर्कराज भट्टलाई हस्तान्तरण गर्नुभयो ।

उक्त अक्षयकोषको वार्षिक ब्याजबाट गरिब, जेहेन्दार र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।

वडाध्यक्ष भण्डारीले गत भदौमा पहिलो पटक सिद्धेश्वर माबी हुक्केडाडाको विद्यालयमा पहिलो पटक अक्षयकोष स्थापना गर्नुभएको थियो ।

एक–एक महिनाको तलबबाट वडाका ४ वटै विद्यालयमा अक्षयकोष स्थापना गर्ने उदेश्यअनुरुप ३ वटामा स्थापना गरिएको र अब जनप्रिय आधारभुत विद्यालयमा पनि एक कार्यक्रमबीच अक्षयकोष स्थापना गर्ने लक्ष्य रहेको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button