२०७८ साल मंसिर १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

दुई वर्षपछि सुप विश्वविद्यालयको सिनेट बैठक काठमाडौमा बस्दै

कृष्ण साउद २०७७ मंसिर ३० गते १५:४३

कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सभा (सिनेट बैठक) दुई वर्षपछि काठमाडौमा बस्ने भएको छ । विश्वविद्यालयका कुलपति एवम प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पुस ३ गते सिनेट बस्ने तयारी भएको विश्वविद्यालयले जनाएको छ ।

वर्षमा दुई पटक वा नभए एक पटक अनिवार्य रुपमा बस्नुपर्ने विश्वविद्यालयको सिनेट बैठक दुईवर्ष सम्म बस्न नसक्दा विश्वविद्यालयको काम हुन सकेका थिएन् ।

सिनेट पछि विश्वविद्यालयको काम गर्ने बाटो खुल्ने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उप कुलपति अम्म राज जोशीले बताउनु भएको छ । उहँंले विश्वविद्यालयका केही नियम संशोधन, कार्ययोजना र बजेट लगायतका विषयमा छलफल हुने बताउनु भएको छ ।

सिनेट बैठकले पास गरेपछि मात्रै पुँजीगत बजेट खर्च गर्न पाउने प्रावधान रहेकाले विश्वविद्यालय अन्तर्गत विभिन्न विभागमा भौतिक संरचना बनाउनु पर्ने काम अधुरै छन ।

विश्वविद्यालयले आगामी वर्ष एमफिल र पिएचडीको अध्यापनसमेत शुरु गर्ने तयारी गरिरहेको छ । पहिलो पटक कृषितर्फ बिएसीएजी तेस्रो सेमेष्टरमा विद्यार्थी अध्ययनरत छन भने इन्जिनीयरिङतर्फ एमई र कम्प्युटर साइन्सको बिई कार्यक्रम सञ्चालनको तयारीमा छन ।

त्यस्तै कोरोना महामारीका बिच अन्य विश्वविद्यालयको पठन पाठन र परीक्षा सञ्चालनमा अन्योलता कायम भएको बेला सुप विश्वविद्यालयले अनलाईन माध्यमबाट परिक्षा सञ्चालन सम्पन्न गरेको छ ।

सम्बन्धित