तपाईँ सुन्दै हुनुहुन्छः

आज बालुवाटारमा संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं । रिक्त संवैधानिक निकायहरूमा पदपूर्ति गर्न आज बालुवाटारमा संवैधानिक परिषदको बैठक बस्दैंछ । परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले बिहान नौै बजेका लागि बैठक बोलाउनुभएको हो ।

यसअघि आइतबारका लागि बोलाएको बैठकमा गणपुरक संख्या नपुगेपछि बैठक बस्न सेकेको थिएन ।

संविधानअनुसार संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्री, प्रधानन्यायाधीश,सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक परिषद्को व्यवस्था छ । तर हाल उपसभामुख पद भने रिक्त छ ।

लामो समयदेखि राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षसहित चार आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुखसहित २ आयुक्त, निर्वाचन आयोगमा दुई आयुक्त खाली छन् । त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा चार आयुक्त, राष्ट्रिय महिला आयोगमा अध्यक्षसहित चार आयुक्त, राष्ट्रिय दलित आयोगमा अध्यक्षसहित चार आयुक्त तथा समावेशी आयोगमा अध्यक्षसहित तीन आयुक्त रिक्त छन् ।

त्यसैगरी आदिवासी तथा जनजाति आयोगमा अध्यक्षसहित चार आयुक्त, मधेसी, थारू, मुस्लिम आयोगमा चार–चार सदस्य पद रिक्त छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button