तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय वाणिज्य बैंकद्वारा विभिन्न उद्योगलाई २ करोड बढी अनुदान

file photo

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेका विभिन्न उद्योगहरुलाई २ करोड भन्दा बढी अनुदान सहयोग रकम प्रदान गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारको KFW बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘Energy Efficiency Program Nepal’  को अनुदान सहयोग कार्यक्रम अन्र्तगत सोमबार रकम हस्तान्तरण गरेको छ ।

अनुदान सहयोग प्राप्त गर्ने उद्योगहरु मध्ये पशुपति आइरन एण्ड स्टील प्रा.लि.ले एक करोड रुपैंया, बोटलर्स नेपाल लि.ले ५२ लाख ९४ हजार रुपैंया, बागमती आयल इन्डष्ट्रिजलाई ४३ लाख ३५ हजार रुपैंया, हिमाल आइरन एण्ड स्टील प्रा.लि.ले सात लाख ३४ हजार रुपैंया र इस्ट एशियन प्लाष्टिक इन्डष्ट्रिज प्रा.लि.ले दुई लाख ४० हजार रुपैंया रकम बराबरको चेक प्राप्त गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गर्नुभयो ।

हालसम्म यस्तो अनुदान सहयोग विभिन्न १७ वटा उद्योगहरुलाई ६ करोड ७४ लाख रुपैंया भन्दा बढी हस्तान्तरण गरिसकेको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ ।

आयोजना अन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराउने गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button