२०७८ साल मंसिर २० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

किसानहरुको बक्यौता रकम तुरुन्त तिर्न पुन आग्रह

भुवनप्रसाद आचार्य २०७७ मंसिर २९ गते १८:५०

काठमाडौं । सरकारले चिनी उद्योगीहरुलाई किसानहरुको बक्यौता रकम तुरुन्त तिर्न पुन आग्रह गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा सोमबार भएको उद्योग मन्त्री, उद्योग राज्य मन्त्री एवं सचिवहरुसहित चिनी उद्योगीहरुसँगको छलफलमा सरकारले त्यसतो आग्रह गरेको हो ।

सरकार र चिनी उद्योगी तथा किसानहरु बीच गत बर्षको पुष १८ गते भएको सहमती चिनी उद्योगीले पालना नगरेको भन्दै उखु किसानहरुले आइतबारदेखि राजधानीको माइतीघरमा शान्तिपूर्ण प्रर्दशन शुरु गरेका छन् ।

सरकारले पटक पटक उखु किसानहरुको वक्यौता तिर्न आगह्र गर्दा पनि नतिरेपछि उद्योग मन्त्रालयले सोमबार चिनी उद्योगीलाई मन्त्रालयमा बोलाएर छलफल गरेको हो ।

आजको छलफलमा उखु किसानहरुलाई बोलाएको भए पनि उनीहरु बैठकमा नआएको र भोली पनि यस समस्याको समाधानका लागि दुबै पक्षलाई राखेर छलफल गर्ने तय भएको उद्योग मन्त्रालयका प्रवक्ता डा नारायणप्रसाद रेग्मीले जानकारीदिनु भयो ।

उखु किसानहरुले देशभरका चिनी मिलहरुले आफूहरुको करिब ९० करोड रकम तिर्न बाँकी रहेको दाबी गरेका छन् ।

सम्बन्धित