तपाईँ सुन्दै हुनुहुन्छः

ग्यास चुहावट हुँदा आगलागी

भक्तपुर । चाँगुनारायण नगरपालिका–५ पिखेलका प्रदीप कार्कीको तीनतले कच्ची घरमा खाना पकाउने ग्यास लिक भई आगलागी भएको छ । आगलागीबाट रु ११ लाख ८६ हजार ५०० बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आगलागीपछि महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग व्यासी तथा चाँगुका प्रहरी टोली, भक्तपुरको दमकल तथा स्थानीयवासीले आगो नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button