तपाईँ सुन्दै हुनुहुन्छः

भीरबाट लडेर एक सातामा पाँच जनाको मृत्यु

जाजरकोट । जाजरकोट जिल्लामा भीरबाट लडेर एक सातामा पाँच जनाको ज्यान गएको छ । उनीहरुको विभिन्न भीरबाट खसेर ज्यान गएको हो ।

भेरी नगरपालिका वडा नम्बर २ कालेगाउँका ५२ बर्षीय नेत्रलाल बस्नेतको आइतबार सदरमुकाम खलंगाबाट घर जादै गर्दा स्यालापाखा सामुदायीक वनको अस्पताल नजिकको भीरबाट खसेर मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।

त्यसैगरी नलगाड २ डाडागाउँका ४९ बर्षीय उज्ज्वल कामी र १५ बर्षीय गणेश शर्मा, बारेकोट गाउँपालिका ८ बन्डालाका ३८ बर्षीय जयलाल बोहरा र बारेकोट ६ ताँसीकी १५ बर्षीया अप्सरा विकको भीरबाट लडेर ज्यान गएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनु भयो ।

एक सातामा बारेकोटमा २ जना, नलगाडमा २ जना र भेरी नगरपालिकाका १ जना गरी पाँच जनाको ज्यान गएको जाजरकोट प्रहरीले जनाएको छ । जाजरकोटमा पछिल्लो समय घाँस काट्न तथा मेलापात गएकाहरु भीरबाट लड्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button