तपाईँ सुन्दै हुनुहुन्छः

आमाको वार्षिक पुण्य तिथिका अवसरमा बृद्धबृद्धालाई सम्मान

भद्रपुर, झापा । नेपाली समाजमा आमा बाबुको वार्षिकी सामान्य ढङ्गले गर्ने चलन छ तर झापा भद्रपुरका एक जनाले समाजपयोगी काम गरेर आफ्नो दिवङ्गत आमाको वार्षिकीलाई स्मरणीय तुल्याउनु भएको छ ।

भद्रपुर नगरपालिका, वडा नं ८ किरात कोलोनी निवासी लोकनाथ भट्टराईले आइतबार नगरभित्रका २१ जना बृद्धबृद्धालाई सम्मान गर्दै दिवङ्गत आमाप्रति श्रद्धा प्रकट गर्नुभएको हो ।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, भद्रपुर इकाईका अध्यक्षसमेत रहनु भएका भट्टराईले आमा हर्षकुमारी भट्टराईको वार्षिक पुण्य तिथिका अवसरमा भद्रपुर नगरभित्रका विपन्न बृद्धबृद्धालाई जाडोमा ओढ्न एक/एक थान कम्बल, रुद्राक्षको माला र नगदसमेत प्रदान गरेर सम्मान गर्नुभएको हो ।

कोरोना महामारीका कारण धेरै भिडभाड नगरी आयोजना गरिएको प्रथम वार्षिक पुण्य तिथिमा सम्मानित बृद्धबृद्धालाई भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठलगायतले सम्मान गर्नुभएको थियो । सम्मानित बृद्धबृद्धा निकै हर्षित देखिनुहुन्थ्यो ।

वि.स. १९९० सालमा खोटाङ बुइपामा जन्मनुभएकी हर्षकुमारी भट्टराईको २०७६ मङ्सिर २ गते निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button