२०७८ साल मंसिर १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणबाट पाल्पामा थप एक जनाको मृत्यु

विष्णु खनाल २०७७ मंसिर २९ गते १५:५१

पाल्पा । पाल्पामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

सङ्क्रमणबाट तानसेन नगरपालिका –१३ की ६६ वर्षीय महिलाको मृत्यु भएको हो ।  उनको आइतबार दिउँसो साढे २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थी जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार ती महिलामा श्वासप्रश्वास सम्बन्धी समस्या रहेको  र उनको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । उनमा मङ्सिर २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगै पाल्पामा कोरोना कारण मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ ।

सम्बन्धित