२०७८ साल मंसिर १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

टेस्ट क्रिकेटः न्यूजील्यान्डलाई शृंखला

रासस–एएफपी २०७७ मंसिर २९ गते १५:३४

वेलिङ्टन– भ्रमणकारी वेस्ट इन्डिज विरुद्धको दोस्रो टेस्ट क्रिकेट खेलमा न्यूजील्यान्ड एक इनिङ र १२ रनको विशाल अन्तरले विजयी भएको छ ।दुई टेस्टको यो शृंखलाका दुबै खेल न्यूजील्यान्डले जितेको छ ।

चौथो दिनको पहिलो सत्रमै न्यूजील्यान्डले वेस्ट इन्डिजलाई पराजित गरेको हो । पहिलो इनिङमा १३१ रनमै समेटिएको वेस्ट इन्डिजले दोस्रो इनिङमा पनि सबै विकेट गुमाएर ३१७ रन मात्र बनाएको थियो ।
ब्याटिङ र बलिङ दुबैमा सशक्त प्रदर्शन गरेको न्यूजील्यान्डले पहिलो इनिङमा ४६० रन बनाएको थियो ।

यो जितसँगै न्यूजील्यान्डले देशभित्र खेलिएका सबै १५ टेस्टमा विजयी भएको रेकर्ड पनि बनाएको छ । विश्व शृंखलामा न्यूजील्यान्ड र अस्ट्रेलिया समान अंकका साथ पहिलो स्थानमा छन् ।

पहिलो टेस्ट खेलमा पनि न्यूजील्यान्डले वेस्ट इन्डिजलाई एक इनिङ र १३४ रनको विशाल अन्तरले पराजित गरेको थियो ।

न्यूजील्यान्डले घरेलु मैदानमा आगामी डिसेम्बर २६ देखि पाकिस्तान विरुद्ध खेल्दैछ ।

सम्बन्धित