तपाईँ सुन्दै हुनुहुन्छः

पुस १ गतेबाट पर्साका सम्पूर्ण कार्यालय पूर्ण रुपमा संचालनमा आउदै

वीरगञ्ज । कोरोना संक्रमणको कारण ९ महिना देखि अवरुद्ध हुदै आएका पर्सा जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरु पुस १ गतेबाट पूर्णरुपमा संचालनमा आउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज एक सूचना जारी गर्दै पर्साका सबै सरकारी कार्यालय पुस १ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आउने जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलद्वारा जारी सूचनामा कोभिड–१९ महामारीका कारण पर्साका कतिपय सरकारी कार्यालयहरुले आंशिक सेवा दिँदै आएकोमा पुस १ गते देखि पूर्ण सेवा दिने कुरा उल्लेख गरिएको छ ।

मंसिर १७ गते पर्सा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको सम्पन्न वैठकले स्वास्थ्य तथा सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गर्दै पुस १ गतेदेखि पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय पर्साले पुस १ गतेदेखि पूर्णरुपमा सेवा प्रदान गर्न जिल्ला स्थित सम्पूर्ण कार्यालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button