तपाईँ सुन्दै हुनुहुन्छः

गौतम बुद्ध कप क्रिकेटः राप्ती टिम फाइनल प्रवेश

काठमाडौं । गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता अन्तर्गत राप्ती टिम फाइनल प्रवेश गरेको छ ।

आइतबार बागमतीलाई ११ रनले पराजित गर्दै राप्ती फाइनल प्रवेश गरेको हो । भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा लगातार दोस्रो खेलमा पराजित बागमती प्रतियोगिताबाट बाहिरिएको छ ।

१ सय ३० रनको मध्यम लक्ष्य पछ्याएको बागमती २ बल बाँकी छँदै अलआउट भयो ।

रोमाञ्चक खेलमा बोहराले १९ औं ओभर दूई विकेट लिएपछि राप्तीले सहज जित हात परेको थियो । यसअघि पहिले ब्याटिङ गरेको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन बनायो । शनिबार भएको पहिलो खेलमा बागमती टिम नारायणीसंग सुपर ओभरमा पराजित भएको थियो । फाइनलमा राप्ती र नारायणी भिड्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button